काठमाडौँ । सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप र नियन्त्रणको प्रयास भएको भन्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
कालो पोसाकमा उपस्थित भएका युवाहरूले विभिन्न प्लेकार्ड र ब्यानर प्रदर्शन गर्दै सरकारसँग जवाफ मागेका हुन् ।
प्रदर्शनकारीहरूले ‘सञ्चारगृहमाथिको हस्तक्षेप किन ? जवाफ खोइ सरकार ?’ भन्ने नारासहित विरोध जनाएका थिए ।
पछिल्लो समय सरकारले सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्दै नियन्त्रणको प्रयास गरेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सोही विषयलाई लिएर युवाहरू सडकमा उत्रिएका हुन् ।




प्रतिक्रिया