काठमाडौँ । नेपाली सेनाले भक्तपुरमा कुकुरको पूजा गर्दै कुकुर तिहार मनाएको छ । आइतबार बिहान मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजा सँगै प्रदर्शनी गरिएको हो ।
सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै आएको छ । कुकुर पूजा समारोहमा सेनाका उपरथी हरेन्द्र पाठकले ट्रयाकिङ र सर्च तथा पक्राउ गर्ने काममा कुकुरको भूमिका उल्लेखनीय रहने बताए ।
मान्छेमा भन्दा कुकुरमा सुघ्ने क्षमता १० हजारदेखि १ लाख बढी हुने हुनाले कुकुरले टाढाको शंकास्पदहरुको पहिचान गर्नसक्ने उपरथी पाठकले बताए ।
सेनाले निष्ठा, इमानदारिता र बफाकारिताको प्रतीक मानेर हरेक वर्ष कुकुर तिहारमा कुकुरको पूजा गर्दै आइरहेको छ ।




प्रतिक्रिया