काठमाडौंका ३३ स्थानमा फूलमाला किनबेच


२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको छ भने स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ ।

ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको आज चहलपहल बढेको छ ।

महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।

त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइनेछ ।

कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स ९गुड मार्ट०, स्वयम्भूको धर्म चक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि स्वदेशी फूलमाला बिक्रीस्थल तोकिएको छ ।

यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि स्वेदशी फूलामाल बेच्न सकिने छ ।

साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।

नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको छ ।