दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

File Photo

२२ कात्तिक, काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगेको छ ।

आगलागीका कारण मानवीय क्षति भएको छैन ।