पटका पड्काउँदा बालक घाइते



चितवन । पटका पड्काउने क्रममा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा सल्किएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

बुधबार (कात्तिक २५) साँझ भएको उक्त घटनामा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।

घाइते बालकको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको एसपी पौडेलले जानकारी दिए । रासस