जनकपुरधाम । स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले आज बिहानै जनकपुरधामस्थित प्रसिद्ध गंगासागरमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन्।
छठ पर्वको अवसरमा मधेस यात्रामा रहेका धमला बिहानै गंगासागर पुगेर सूर्य उपासना गरेका हुन्। उनले उदाउँदो सूर्यलाई जल अर्पण गर्दै छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गरेका थिए।
मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलका रूपमा परिचित गंगासागरमा छठ पर्व मनाउन बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। त्यसैबीच धमलाले पनि स्थानीय तथा श्रद्धालुहरूसँगै छठ पर्व मनाएका हुन्।
यसअघी बिहानै रास्वपा सभापति रवि लामिछानेले पनि सोही स्थानबाट उदाउँदो सुर्यलाई अर्ध्य दिएर छठ मनाएका थिए ।
छठ पर्व सूर्यदेव र छठी माताको उपासनासँग सम्बन्धित नेपालको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो।
विशेषगरी मधेस क्षेत्रमा श्रद्धा, आस्था, पारिवारिक सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा यो पर्व मनाइन्छ।





प्रतिक्रिया