काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालको संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
आज साँझ मधेस भ्रमण सकेर काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले प्रधानमन्त्रीसँग राम्रो टिम रहेको र भ्रमणले सकारात्मक परिणाम दिने अपेक्षा व्यक्त गरे ।
उनले भने, ‘मलाई विश्वास छ, यसपटकको प्रधानमन्त्रीको भारत भ्रमण फलदायी हुन्छ । प्रधानमन्त्रीसँग राम्रो टिम छ । कुमार बेनको ब्रेनबाट बालेन शाह अगाडि बढ्नुभएको छ ।’
यसअघि वीरगन्जमा नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटबारे जानकारी दिँदै धमलाले आफूले अहिले आन्दोलनको आवश्यकता नरहेको बताएको उल्लेख गरे ।
‘गगन थापालाई पनि मैले भनेको छु, अहिले आन्दोलन थेग्न सक्दैन, आन्दोलन आवश्यक छैन । अहिले देश बनाउने हो । देशमा विकास गर्ने हो । जनतालाई रोजगारी दिने हो । देशको समग्र हित र जनताको लागि काम गर्ने हो,’ उनले भने ।
अहिले राजनीतिक आन्दोलनभन्दा देशको विकास, रोजगारी सिर्जना र जनताको हितलाई प्राथमिकता दिनुपर्ने धमलाको भनाइ थियो ।




प्रतिक्रिया