३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन भारत प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह केहीबेरअघि भारत प्रस्थान गरेको हो । उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत गएकाम छन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस। जयशंकरलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको यस भ्रमणपछि प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।