प्रधानमन्त्री बालेनलाई नरेन्द्र मोदीको अंगालो


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भएको भेटका क्रममा मोदीले शाहलाई अंगालो हालेर स्वागत गरेका हुन् । त्यसपछि दुवै प्रधानमन्त्रीले आ–आफ्ना प्रतिनिधिमण्डलका सदस्यसहित भेटवार्ता गरेका थिए ।

आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले मोदीसँगको भेटअघि भारत सरकारका तर्फबाट गार्ड अफ अनरसमेत ग्रहण गरेका थिए ।