दानबहादुर कार्कीको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित


काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो ।

यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन पठाएको थियो । तर, उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । सोही निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक रहेको उल्लेख गर्दै निवेदन र आदेशमा आवश्यक संशोधन गरिएको थियो ।