इटहरीमा गुडिरहेको कारमा आगलागी


सुनसरी । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ ।

सोमबार बिहान पाँच जना सवार पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो तीव्र रूपमा फैलिएपछि कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडीमा ठूलो क्षति भए पनि त्यसमा सवार पाँचै जना सकुशल रहेको बताइएको छ ।