जलवायु परिवर्तन नेपालको मात्र नभई सारा पृथ्वीको साझा विषय हाे : सुनिता डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन नेपालको मात्र नभई सारा पृथ्वीको साझा विषय भएको बताएकी छन् ।

सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘जलवायु परिवर्तनको विषय सिंगो पृथ्वी र सिंगो नेपालको विषय हो, केवल काठमाडौँको मात्र होइन । यसले न भौगोलिक दूरी हेर्छ, न सीमा, क्षेत्र वा लिङ्ग चिन्छ । यसले हरेक पुस्ता र हरेक भूगोललाई प्रभाव पारिरहेको हुन्छ,’ डंगोलले भनिन् ।

जलवायु परिवर्तनले भौगोलिक दूरी नहेर्ने भन्दै डंगोलले यसलाई सबैले साझा महत्व दिएर असर न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । जलवायु परिवर्तनको असर सीमित भूगोलमा मात्रै नपर्ने भएकाले सबै देशले यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

विश्वको तापक्रम बढेकै कारण हिमाल पग्लिरहेको र हिमताल फुटिरहेको डंगोलले बताइन् ।