गोरखा । हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।
मंगलबार (मंसिर ८) एकाबिहानै चलेको हावाहुरीले धार्चे–५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ ।
“आकाश पूर्ण रूपमा खुल्ला छ, घाम लागिरहेको छ,” उनले भनिन्, “बादल लागेको छैन, तर हावा चलिरहेकै छ ।”
हावाहुरीले जंगलका पातपतिंगर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ । रासस




प्रतिक्रिया