अयोध्याबाट जनकपुर आइपुग्यो रेल, मुख्यमन्त्री र मन्त्रीले गरे स्वागत


जनकपुरधाम । भारतको अयोध्याबाट सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेल आज बिहान १७ बोगीसहित जनकपुरधाम आइपुगेको छ।

रेलमार्ग हुँदै जनकपुरधाम पुगेका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन्।

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सुरु गरिएको यस रेल सेवाले अयोध्या र जनकपुरबीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।