८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बेला-बेलामा सामाजिक सञ्जालमा चर्चामा आउने गरेका छन् । यसपटक उनले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजभित्र उभिएको तस्वीर सार्वजनिक गर्दै फेसबुकमा पाेष्ट गरेका छन्।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्वीरसँगै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्रीहरूसँगका सामूहिक तस्वीर सार्वजनिक गर्दै यस्तै सन्देश दिने गरेका थिए। उनले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए।




प्रतिक्रिया