मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण


बनेपा (काभ्रेपलाञ्चोक), ९ मङ्सिर । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ ।

नगरपालिकाको सहकार्य तथा विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा मङ्गलबार सम्पन्न शिविरमा समस्या पहिचान भएका बालबालिकाको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिन् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

शिविर अन्नपूर्ण न्युरो अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ तथा चीनको फुवाइ–कुनमिङ कार्डियोभास्कुलर अस्पतालको सहयोगमा सञ्चालन भएको हो ।