कांग्रेस केन्द्रीय समिति बैठकमा ४९ सदस्यले राखे धारणा, बैठक बिहीबार पुनः बस्ने


काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको पार्टीले जनाएको छ।

बुधबारदेखि सुरु भएको बैठकमा सबै सदस्यको धारणा राख्ने क्रम नसकिएपछि बिहीबार पुनः बैठक बस्ने तय भएको छ। पार्टीका अनुसार बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमै बैठक बस्नेछ।

बैठकमा धारणा राख्नेहरूमा रामकृष्ण यादव, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, सीताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डे, कृष्णप्रसाद कोइराला, बुद्ध लामा, हिमालदत्त श्रेष्ठ, जितेन्द्रनारायण देव, धर्मेन्द्र पासवान र प्रा.डा. जगदीशचन्द्र पोखरेल रहेका छन्।

त्यसैगरी अनुराग खड्का, गीता गुरुङ, बालकृष्ण दाहाल, डा. अताबुल मन्सुरी, किरणकिशोर घिमिरे, डा. अञ्जनीकुमार झा, इन्जिनियर लक्ष्मण केसी, कमलकिशोर घिमिरे, कृष्ण रिजाल, वेदनारायण गच्छदार, उमेशचन्द्र यादव, इन्जिनियर दीपकबाबु कँडेल, डा. भोगेन्द्रप्रसाद चौधरी, बलदेव तिमल्सिना, दीपक सोनी, डा. मुकेशराज काफ्ले, सृजना अधिकारी र इन्जिनियर अमृत ज्ञवालीले पनि बैठकमा आफ्नो धारणा राखेका छन्।

यस्तै, कर्मा छेरिङ शेर्पा, अम्मरबहादुर बराईली, मन्जित ताम्राकार, देवकी गौतम, जमिला खातुन, मेघा शाही, प्रा.डा. सूर्यकान्त घिमिरे, डा. प्रदीप मिश्र, इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, गौरव पाण्डे, अंशुल केसी, इन्जिनियर सुवास पौडेल र रिता शाहीले समेत बैठकमा विचार व्यक्त गरेको पार्टीले जनाएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा र बाँकी छलफलका विषयलाई निरन्तरता दिन बिहीबारको बैठक बोलाइएको हो।