काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निश्कल राईले आम नागरिकले गगनकुमार थापा नेतृत्वको पार्टीलाई नै नेपाली कांग्रेसका रूपमा चिनेको दाबी गरेका छन् ।
बुधबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले कांग्रेस अब छिट्टै गाउँगाउँ र टोलटोलमा पुग्ने बताए ।
उनले पार्टीमा आबद्ध हुन चाहने सबैलाई समेटेर अघि बढ्ने नीति रहेको उल्लेख गर्दै गगन थापा नेतृत्वको कांग्रेस नै जनताले चिनेको नेपाली कांग्रेस भएको जिकिर गरे ।
‘अब छिट्टै गाउँगाउँमा, टोलटोलमा पुगेर कांग्रेस तयार छ भन्ने सन्देश दिन्छौँ । हामी कांग्रेसमा आबद्ध हुन आउने सबैलाई समेटेर जाने हो । अहिले आम देशवासीले नेपाली कांग्रेस भनेर चिनेको सभापति गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस हो,’ उनले भने ।
पार्टीको झण्डा र चुनाव चिह्न रुख प्रयोग गरेर अर्को पक्षले कार्यक्रम आयोजना गरे त्यसबारे निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको पनि राईले बताए ।




प्रतिक्रिया