विवाहमा गएका दुई युवकमाथि कुटपिट


सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–१, सिकुमा दुई युवक कुटपिटबाट घाइते भएका छन् ।

शनिबार बिहान करिब ३ बजे स्थानीय २१ वर्षीय विपीन शाही र १७ वर्षीय दुई युवकले विवाहमा गएका दुइलाई कुटपिट गरी घाइते बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बरमा यादवका अनुसार कुटपिटबाट पचालझरना–७ का १९ वर्षीय असिम बोहरा र १७ वर्षीय नरेश बोहरा घाइते भएका हुन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक यादवले बताए ।

स्थानीय संज्याल मेडिकलमा घाइते दुवैजनाको प्राथमिक उपचार गरिएको थियो । त्यसपछि सुर्खेतस्थित कर्णाली कियर अस्पतालमा ल्याएर थप उपचार भइरहेको पीडितका दाजु जस बोगटीले जानकारी दिए ।

कुटपिटमा संलग्न तीनैजना फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालय कालीकोटमा जाहेरी दरखास्त दिइएको छ ।