सिटी एक्सप्रेसको दशैंतिहार तथा छठ पर्वलक्षित उपहार योजना सार्वजनिक


काठमाडौं, ३१ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस १८ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक गरिएको हो ।

यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने बताइएको छ । यो योजना आगामी असोज १ गतेदेखि मङिसर ३० गतेसम्म लागू हुनेछ ।

उक्त अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही योजनामा सहभागी हुन पाउने छन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने बताइएको छ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीको हकमा लागू नहुने पनि जानकारी गराइएको छ ।