रविलाई कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै गगनलाई दिए देउवाले धन्यवाद


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपाका सभापति रवि लामिछानेले आफूलाई छक्याउन खोजेको बताएका छन् । बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको बताएका थिए। यसका लागि उनले थापालाई धन्यवाद समेत दिएका थिए।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’

Skip This

Omoda E5 Pro