उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले लिँदैछन् रविको बयान


काठमाडौं, मंसिर १४ । काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान जारी रहेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । उनीविरुद्ध मङ्सिर २ मा काठमाडौं प्रहरीले पक्राउ अनुमति पाएको थियो ।