बागमती प्रदेश सभा बैठक माघ १८ गतेका लागि बोलाउन सिफारिस


काठमाडौं । गत असोज ६ बाट अन्त्य भएको बागमती प्रदेश सभाको हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १८ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ । प्रदेशसभा ठप्प भएको ४ महिनापछि सरकारले प्रदेशसभा बैठक राख्ने तयारी गरेको हो ।