आज कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


काठमाडौं, माघ १५ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीस्वरूप आज कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि बैठक बस्न लागेको हो।

यही माघ १८ गते शुक्रबार शुुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका सभामुख देवराज घिमिरेले हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका थिए ।