आज राजधानीमा वृहत्त अन्तरक्रिया गर्दै समाजवादी मोर्चा


काठमाडौं, माघ १५। समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ । भोलि बुधबारका लागि तय भएको वृहत्त अन्तरक्रिया एकदिन अगाडी नै सारिएको हो ।

कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजेबाट सुरु हुने छ। माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन् । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।