काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका लागि स्वयं पार्टीभित्रैबाट प्रयास भइरहेको स्वीकार गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका-४ जारी गर्दै सो स्वीकारोक्ति गरेका हुन् ।
‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ’ नेपालले जारी गरेको अपानिमा भनिएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले टुटफुट र गुटभन्दा माथि उठेर पार्टी निर्माणका लागि जुट्न आह्वान गरेका छन् । ‘आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतिहरू छन्तर हाम्रा कमजोरी र सामथ्र्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ’ उनले अपानिमा भनेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन दुस्चक्रमा फसेको उल्लेख गरेका छन् । ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ । त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ’ माधवले जारी गरेको अपानिमा भनिएको छ ।




प्रतिक्रिया