काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका दुई जना नेताको नाम केन्द्रीय कमिटीको अभिलेखबाट हटाएको छ ।
मंगलबार अध्यक्ष माधवकुमार नेपालद्धारा जारी अन्तरपार्टी निर्देशिका अनुसार गोविन्द चेपाङ र जंगबहादुर शाहीको नाम केन्द्रीय कमिटीको अभिलेखबाट हटाइएको उल्लेख छ ।
चेपाङ र शाही दुवे केही समयअघि पूरानै घर नेकपा एमालेमा फर्किएका थिए । शाही एमाले प्रवेश गरेर दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।




प्रतिक्रिया