एमाले संसदीय दलको बैठक जारी


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्नेबारे छलफल हुँदैछ ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल, संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ ।

बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन्।

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।