ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो?


काठमाडौं, माघ १८ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।