काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बारम्बार विश्वासको मत लिनुपर्ने तमाशाबाट मुलुक मुक्त भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सभामुख महोदय, गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनुनपरेको एउटा सुखद् पक्ष यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्के डुंगा चलाउने र मुलुक एवम जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमाशाबाट हामी मुक्त भएका छौं । आज म जनता र संसदले भरिएको दृढता र भरोसाले भरिएको आत्मविश्वास लिएर यहाँ उभिएको छु ।’
सरकारमा आएपछि आफूहरुको दोस्रो प्राथमकिता नीतिगत सुधार भएकोले त्यहीअनुसार काम गरेको उनको दाबी छ । प्रधानमन्त्री ओलीले आफूहरुले सरकारको जिम्मा लिँदा देशको स्थिति जर्जर रहेको टिप्पणी गरे । उनले भने,‘सरकारको काम गर्ने तरिकाले देशमा व्याप्त गहिरो निराशालाई चिर्न, जनतामा आशा र उत्साह सञ्चार गर्न अनि देशलाई तिव्र आर्थिक गतिको दिशामा लैजान हामी धेरै हदसम्म सफल भएका छौं ।’




प्रतिक्रिया