नेपालमा पुँजीवादले नांगो आक्रामण गर्यो : चित्रबहादुर केसी


काठमाडौं, १८ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेशबाट नै शासन चलाउन खोजेपछि प्रतिपक्षी दलहरुले सक्रियता देखाएको बताएका छन् । अहिले जनताको सबैभन्दा ठूलो घृण राजनीतिक दलहरुप्रति रहेको केसीको टिप्पणी छ ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् । उनले अहिले दिनहुँ नयाँ पिढी १५ सयको दरले विदेशिएको दुःखद् अवस्था चित्रण गरे ।

उनले भने,‘यही हो प्रगति ? विहान विहान बेसारे रंगका बसले २ क्लासदेखि १० क्लासम्मका विद्यार्थी ओसार्छ, उनीहरुलाई दिईने शिक्षा के हो भने यो देशमा केही हुँदैन् । १२ कक्षा पास गरेपछि जाने अमेरिका नै हो, अष्ट्रेलिया नै हो, युरोप नै हो भनिन्छ ।’ उनले नेपालमा पुँजीवादले नांगो आक्रामण गरेको आरोप लगाए ।