काठमाडौं, १९ माघ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले देश अधोगतिमा अघि बढेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्टीकरण दिएका छन् । मुलुकको अर्थतन्त्र एकदमै नराम्रो दिशामा गैरहेकोले आफूहरु दुई ठूला दल मिलेको उनको भनाई छ ।
आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले देशलाई सही दिशामा डोर्याउनको लागि नै कांग्रेस र एमाले मिलेको स्पष्ट पारे । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले ६ महिना समय व्यतित गरेको भएपनि यसले धेरै ठूलो उपलब्धि हाँसिल गर्न नसकेको स्विकारे ।
तर, यो ६ महिनामा माओवादी केन्द्रको नेतृत्वको सरकारले मुलुकलाई बिगारिरहेको अवस्थाबाट सम्हालेर सकारात्मक दिशातर्फ मोडेको भट्टराईको दाबी छ । उनले भने,‘अब हामी सही ट्रयाकमा छौं । हिँड्छौं । दौडिन्छौं पनि ।’




प्रतिक्रिया