जनकपुर, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले ७ बुँदे सहमतिअनुसार संविधान संशोधनको विषय अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आज (आइतबार) जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले संविधान संशोधनको विषयमा पनि गम्भीर छलफल गर्नुपर्नेमा जोड दिए ।
उनले कांग्रेसले संविधान संशोधनको विषयमा अग्रसरता देखाउनुपर्नेमा जोड दिएका हुन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा ७ बुँदे सहमति भएको थियो । उक्त ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने कुरा समावेश गरिएको थियो ।
तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नै संविधान संशोधन अहिले गर्न सम्भव नभएकोले ०८७ सालमा मात्रै गरिने भनेर नयाँ तिथि तोकेका छन् । अहिले कांग्रेस नेताहरुले नै संविधान संशोधनको मुद्दा ओझेलमा परेको भनेर गुनासो गरिरहेका छन् । file photo




प्रतिक्रिया