सरकारले ल्याएका अध्यादेशले केही कालो बजारी र तस्करलाई फाइदा हुन्छ : रामनारायण बिंडारी


काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै ढंग र रंगले ढल्ने दाबी गरेका छन् । उनले अहिलेको सरकार नेपाली जनताले तिरस्कार गरेर ढल्ने भनेर आफूहरुले भनेको स्पष्टीकरण दिए ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूले अहिलेको सरकार करिब करिब दुई वर्ष टिक्ने दाबी गरेको स्मरण गराए । अहिलेको कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक, अप्रजातान्त्रिक र स्वार्थको गठबन्धन भएकोले भरे-भोलि नै सरकार ढल्नपनि सक्ने उनको भनाई छ ।

उनले यो सरकार मिलोमतोमा लुट्नको लागि बनेको गम्भीर आरोप लगाए । उनले अहिले ल्याइएका अध्यादेशले केही कालाबजारी र तस्करहरुलाई फाईदा हुने आरोप लगाए । अध्यादेशबाट देशलाई शासन गर्नु गलत भएको उनको भनाई छ ।