काठमाडौं, २१ माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले समाज विचारबाहक आठ दलीय मोर्चाको बैठक बोलाएका छन् । सिंहदरबारस्थित् नाउपाको संसदीय दलको कार्यालयमा अहिले केहीबेरमा बस्ने बैठकमा मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाको लागि आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्नेबारे छलफल हुने बताईएको छ । बैठकमा जसपाबाट रेणु यादव, र इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव सहभागी हुनेछन् ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव र मनिष सुमन सहभागी हुनेछन् । उता, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीको सहभागिता हुनेछ । लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा बैठकमा सहभागी हुने भनिएको छ । यस्तै, जनता प्रगतिशील पार्टीबाट डा. शिवजी यादव र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रज किशोर सिंहको उपस्थ्तिि हुने केशब झाले जानकारी दिएका छन् । file photo




प्रतिक्रिया