काठमाडौं, २१ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज समापन हुने भएको छ । जसपा, नेपालले समाजवादी मोर्चामा तत्काल सहभागी नहुने निश्कर्ष निकालेको छ ।
समाजवादी मोर्चाको नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपयोग मात्रै गर्ने गरेको भन्दै अब कसैको स्वार्थको लागि मिल्न नजाने कुरा अध्यक्ष यादवले बैठकमा धारणा राखेका थिए ।
बैठकले संविधान संशोधनको लागि गम्भीर पहलकदमी लिने पनि निश्कर्ष निकालेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया