न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त


काठमाडौं । न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई नियुक्त गरेका हुन् । उनी आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।