प्रचण्डको सचिवालय हेर्ने जिम्मा आचार्यलाई, मल्ललाई भूगोलमा पठाईयो, केन्द्रीय कार्यालयको मुख्य सचिवमा पुन


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् । लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।

२०७८ कात्तिकमा जोखवहादुर महराको ठाउँमा मल्ल खुमलटार छिरेका थिए । मल्ले विस्थापीत गरेका महरा भने केही समय लुम्बिनीको मुख्यमन्त्री बन्न भ्याईसकेका छन् ।

त्यस्तै बैठकले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ । यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको हो ।