अध्यादेश अस्विकार गर्छौं : सुदन किराँती (भिडिओसहित)


काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किराँतीले शक्ति र भक्तिको पछि लाग्ने आफूहरुको संस्कृति नभएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट आज विहान प्रसारण भएको नेपाली बहस कार्यक्रमको लागि पत्रकार ऋषि धमलाले ‘माओवादीमा अब तपाईंहरुको शक्तिशाली गुट जन्मियो होईन ?’ राखेको प्रश्नमा नेता किराँतीले यसतो स्पष्टीकरण दिएका हुन् ।

उनले भने,‘होइन, यो अब शक्ति र भक्तिको कुराप्रति हाम्रो चासो र त्यसको पक्ष लिने हाम्रो संस्कृति होईन । विद्यार्थी संगठनको र्वाचनमा लोकतन्त्रको अनुपम अभ्यास भएको छ । त्यो निर्वाचनको परीणामलाई लिएर मान्छेले शक्तिको र गुटको प्रचार गरिरहेको छ, त्यो बजारको कुरा हो । हाम्रो पार्टीभित्र त्यस्तो शक्ति र गुटको कुरा अहिलेपनि गौण नै छ ।’

उनले जीवन्त पार्टीभित्र प्रश्नहरु उठ्ने र त्यसको उत्तर दिने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले प्रश्नहरु उठ्दैमा कोही तात्तिनुपर्ने कुनै जरुरी नभएको स्पष्ट पारे । सरकारले ल्याएका अध्यादेश आफूहरुले स्विकार नगर्ने किराँतीको भनाई छ । अध्यादेशमा भएका विषय राम्रो भएपनि तानाशाही प्रवृत्तिअनुसार अध्यादेश ल्याईएकाले आफूहरुले अस्विकार गर्ने उनको भनाई छ ।