कालिकोट, २३ माघ । पलाता गाउपालिकाको केन्द्र विवाद सर्बोच्चमा पुगेपछि कार्यपालिकाको दुइ तिहाई सदस्य र कार्यालिकाको दुइ तिहाई बहुमतको निर्णयसहित लिएर पलातागाउपलिका अध्यक्ष बिष्णु ब रोकाया संघिय राजधानी काठमाण्डौ पुगेका छन । यसअघि पलाता गाउपालिकाको वडा नं ९ थिर्पुबाट स्थानीयका घरहरू भाडा लिएर अस्थायी रूपमा सञ्चालनमा रहेको गाउपालिकाको केन्द्र पलाता वडा नं २ रानिबिसौना सारेपछि वर्तमान पलाता सरकारविरूद्व केही असन्तुष्ट पक्षले सर्बोच्चमा मुद्वा दर्ता गरेको थिए ।
मुद्दाको सुनुवाइ हुने समयमा बहुमत कार्यापालिका सदस्य र ७ वडा अध्यक्षहरू साक्षीाका रूपमा सर्बोच्चमा उपस्थिति गराउनेगरि अध्यक्ष रोकायाले तयारी गरेका हुन । वार्षिक १२ लाख रूपैया भाडा तिरेर कार्यालय सन्चालन गर्नुपरेको रोकायाको भनाई छ । अहिले १७ कार्यापालिका सदस्यहरूमा अध्यक्ष र उपाध्यक्षसहित १५ जना रानि बिसौनाको पक्षमा हुँदाहुदै गाउपालिका रानि बिसौना सार्ने बिषय विवादमा ल्याएकोप्रति उनले दुख ब्यक्त गरे ।
आबश्य्य परे सर्बोच्चको ईजालसमै बहुमत कार्यालिका सदस्य उपस्थिति हुने गरि काठमाण्डौ उपस्थिति भएको अध्यक्ष रोकायाले जानकारी दिए । यसअघि सरकारले सरस्वति माबि थिर्पुुको भवन समेत प्रयोग गरेको थियो । पटक पटक बिद्यालय ब्यवस्थापन समिति र पालिकाबिच भवन खाली गर्ने विषयमा विवाद हुँदै आएको थियो । पालिकामा आफ्नै र बाह्य स्रोत परिचालन गरेर रानि बिसौनामा तीन वटा भवन सञ्चालनमा आईसकेको अबस्था छ । त्यहा गाउपालिकाका नाममा १४ रोपनिी जग्गासमेत गाउपालिकाको नाममा नामसारी भएको अवस्था छ । गाउपालिकाको केन्द्र बहाल रहेको सरकारको कार्यपालिका र त्यसको नीति तथा कार्यक्रमको कुरा भएकाले अब नपुगेको प्रक्रिया पुर्याउन सकिने तर कसैले भनेजस्तो पुन घरभाडा तिर्ने गरि फर्किन नसकिने उनको भनाई छ ।
सर्वोच्चले १३ गतेका लागी दुबै पक्षलाइ अदालतमा छलफलका लागी उपस्थिति हुन र त्यस बेलासम्म जुन अस्वथामा छ सोही अवस्थामा यथास्थानमा राख्नु भन्ने आदेश भएपछि जन प्रतिनिधि राजधानीमा छन । जसका कारण पालिकाका विकासका कामहरू प्रभावित भएका छन ।
स्थानीय राजनितिक दलहरूको भेला समेत गराइ सहमति लिएर राजनीतिक सर्वसहमतिका आधारमा रानिबिसौना स्थायीकेन्द्र बनाउने गरि सहमति गरिएको विषय सर्बोच्चमा पुग्नु दुःखद् भएको रोकायाले बताए । मुद्दा हाल्ने पक्षसंग छलफल भईरहेकाले सहमतिमा पलाता गाउपालिकाको केन्द्र रानिबिसौनानै हुने रोकायाको दाबी छ ।




प्रतिक्रिया