महिला प्रहरी ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं, २३ माघ । काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा एक जना महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । आज (बुधबार) महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । बर्दिया घर भएकी चौधरीलाई ब्यारेकको पंखामा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

निशाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । घटनास्थलमा कुनैपनि शंकास्पद वस्तुहरु फेला नपरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्विर