काठमाडौं, २४ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएका अध्यादेश हाउबाट सहज ढंगले स्विकृत हुने दाबी गरेका छन । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
कतिपयले सत्ता साझेदार दलले नै अध्यादेशको पक्षमा मत हाल्दैनन् भनेर कृत्रिम कुरा गरेको भन्दै बर्तौलाले त्यसमा आलोचना गरे । उनले भने,‘आज हाउसबाट अध्यादेश स्विकृत हुन्छ । अध्यादेशको म्याद भनेको जम्मा ६० दिनको हो । यो बीचमा हामीले प्रतिस्थापन विद्येयक ल्याएर पारित गर्छौं । अहिले सरकारमा रहेका राजनीतिक दलहरुले कसैले पनि कन्टेन्टमा केही सुझाव हुनसक्छन, तर अध्यादेश अस्विकार गर्छौं भनेको होईन ।’
उपेन्द्र यादवको दल जसपा, नेपालले अध्यादेशको पक्षमा मत दिँदैन भन्ने कुरा कल्पनाको कुरा भएको उनको टिप्पणी छ । उनले भने,‘जसपा नेपालले मत नदिने भन्ने कुरै छैन् । सत्ता सहयात्रामा रहेका दलहरुले स्वभाविक रुपमा सरकारले गरेका निर्णयका पक्षमा आफ्नो अभिमत जाहेर गर्नुहुन्छ ।”




प्रतिक्रिया