काठमाडौं, माघ २६ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। प्रहरीका अनुसार मन्त्रालयको तेस्रो तलामा रहेको खानेपानी मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो ।
आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। मन्त्रालयमा आगलागीको खवर सार्वजनिक भएलगत्तै खानेपानीमन्त्री यादव र उर्जामन्त्री दिपक खड्का सिंहदरबार पुगेर घटनाबारे जानकारी लिएका छन् । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको जनाइएको छ ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । अहिले बारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा आईसकेको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आइसकेको छैन ।सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।




प्रतिक्रिया