भैरहवा, २६ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्ना कुकर्म लुकाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाएका छन् । उनले संसद्का ठूला दल नै मिलेर सरकार बनाएपछि लोकतान्त्रिक मूल्य र मान्यता भत्किएको दाबी गरे । पूर्व मन्त्री महतोले अहिले देशको अवस्था कुनैपनि कोणबाट ठीक नरहेको टिप्पणी गरे ।
महतोले अहिले देशको सभ्यता र संस्कृतिमाथि नै प्रहार भैरहेको भन्दै पाथीभरा केवलकार निर्माणको विरोध गरे । उनले देशलाई अहिलेको अवस्थामा पुर्याउनको लागि कांग्रेस, एमाले र माओवादी तीन ठूला दल मुख्य जिम्मेवार रहेको आरोप लगाए । महतोले यतिवेला देश दौडाह थालेका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्र्याउने अभियानमा महतो सक्रिय देखिएका छन् ।




प्रतिक्रिया