काठमाडौं, २६ माघ । अर्थविद् प्रा.डा. गोपिलाल न्यौपानेले पनि नेपालमा कर धेरै लगाईएको भन्दै आपत्ति जनाए । उनले भने,‘कर प्रणालीबारे जनतालाई सुसुचित गर्नुपर्छ । हामीले कर धेरै भयो भनेको हो । हामीले कर धेरै भयो भन्दा एकथरीले करबिना देश चल्छ त भन्छन् । यसो भन्नेहरु कांग्रेस र एमालेमा छन् । हामीले करै नलिने भनेको होईन, कर धेरै भयो भनेको हो ।’
आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कर त तलव, भक्ता तथा सुविधाको लागिमात्रै दुरुपयोग गरिएको टिप्पणी गरे ।
उनले भने,‘अहिले त विदेश भ्रमण, उपचार खर्च सबै करबाट प्रयोग भएको छ । स्कुल, सडक र पूल बनाउनको लागि करको पैसा प्रयोग भएको छैन् । पूर्वाधार विकास त ऋणबाट भएको छ । करबाट नेपालको पूर्वाधार बनेको छैन् । कर त तलव, भक्ता र विलाषीमा खर्च भएको छ । नेपाली जनतालाई नांगै पार्ने काम करले गरेको हो । हामीकहाँ मल्टि ट्याक्सिङ भयो । सिंगल ट्याक्सिङमा जाऔं । देशमा ४६ किसिमको ट्याक्सले गरिबी बढ्यो । नेपालमा धनीले ट्याक्स तिर्दैन । गरिवले मात्रै तिर्ने हो । आजपाले जनतालाई सुसुचित गर्ने काम गरेको छ, म धन्यवाद भन्न चाहन्छु ।’




प्रतिक्रिया