- शरद रेग्मी
काठमाडौं, २६ माघ । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताएका छन् । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनिा त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए । काङ्ग्रेस सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेको भन्दै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए । उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गरे ।
मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मुख्यमन्त्री आचार्यले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रह समेत गरे ।
मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए । चौधरीले भने, “लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।”
उनले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे । मटहवाँ संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए ।
दुई दिनसम्म संचालनहुने सम्मेलनमा पश्चिम नवलपरासि देखि कञ्चनपुर सम्मका थारु बडघरहरु ,मतहवाहरुको सहभागिता रहेको छ ।यस अबसरमा एकसय चालिस समुहका बिबिध सस्कृति र परम्परा झल्कने प्रस्तुतिहरु रहने छन ।
सो अबसरमा नेपाली काग्रेका केन्द्रीय सदस्यहरु बालकृष्ण खाडँ, दिपक गिरि, गेहेन्द्र गिरि, प्रदेश सभापति अमरसिह पुनलगायतले सम्बोधन गरेका थिए ।










प्रतिक्रिया