जनमतसँग एकता गर्ने नाउपाको तयारी


काठमाडौं, २७ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सिके राउत नेतृत्वको जनमत पार्टीसँग चाँडै एकता हुने संकेत गरेका छन् ।

आज (आइतबार) बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले डा.राउत र आफूहरु मुठ्ठी कसेर अगाडि बढिरहेको बताएका हुन् ।

‘अगाडि हुनुहुन्छ डा।सिके राउत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौं । अब प्रयोग गर्नमात्रै बाँकी होला । सन्दर्भ आफैं बुझ्नुस्,’– उनले भने ।

नेता चौधरीले डा. भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति), समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा, जनमत र नाउपा मिलेर अगाडि बढ्नु आजको आवश्यकता रहेको धारणा उनले राखे ।