काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला सिर्पाली ठकुरीले गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख बसन्तबहादुर कुँबरमाथि छानविन गरी कारबाहीको माग गरेकी छन् । सर्लाहीका बरहथवाका सत्येन्द्र राम र नेहा रौनियारले अन्तरजातीय विवाह गर्दा गृहमन्त्रीको निर्देशनमा प्रहरीले उनीहरुमाथि अन्याय र अत्याचार गरेको दाबी गर्दै उनले छानविनको माग गरेकी हुन् ।
‘सर्लाहीको अन्तरजातीय प्रेम विवाहको जोडीबारे अदालतले गरेको निर्णयप्रति सम्मान व्यक्त गर्दै अहिले पनि ती जोडीहरु र परिवारहरु सुरक्षित छैनन् । राज्यले सुरक्षाको अनुभूति गराओस् । २१औं शताब्दीमा पनि मनुस्मृति सोच र व्यवहारद्वारा परिचालित गृहमन्त्री र प्रशासन प्रमुखलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन म जोडदार माग गर्दछु,’– उनले भनिन् ।




प्रतिक्रिया