काठमाडौं, २८ माघ । गृहमन्त्री रमेश लेखकले एमालेसँगको सहकार्यमा कुनै समस्या नभएको दाबी गरेका छन् । उनले अहिले सरकार सञ्चालनमा कुनै समस्या नरहेको र एमालेसँगको सहकार्य २०८४ को निर्वाचनसम्मै जाने दाबी गरेका हुन् । आज (सोमबार० धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन ।
मन्त्री लेखकले भने,‘व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन् त्यो राजनीतिक कुरा हो, तर संस्थागत रुपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन। सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्छ, कुनै समस्या छैन।’ file photo




प्रतिक्रिया