काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेतृ सुजाता कोइरालाले अहिले प्रजातन्त्र एकदमै कमजोर भएको टिप्पणी गरेकी छिन् । उनले भनिन्,‘आज प्रजातन्त्र एकदमै कमजोर भएको छ । आज यो देश नेपाली कांग्रेसले हाँकेको छैन् । यो देश आज एमालेले हाँकिराखेको छ । ओलीजीले नेतृत्व लिएको छ । ओलीजीले देश हाँकिराखेको छ, नेपाली कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजीको कुनै विचार छैन् । उहाँ केहीपनि गर्नुहुन्न । उहाँ कामै गर्नुहुन्न । उहाँ दिनभरि के गर्नुहुन्न, त्यो भगवानले जानुनन । तर, उहाँले नेपाली कांग्रेस हाँक्न सक्नुभएको छैन् । त्यसैले मैले निर्णय गरें, अब हुने सभापति शेखर कोइराला हो । शेखर कोइरालालाई नै मेरो सपोर्ट हुनेछ ।’
जिपी फाउण्डेशनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले उनले देशमा अहिले प्रजातन्त्र नभएको भन्दै आक्रोश पोखिन् । उनले विकास निर्माणका केही काम भएपनि त्यसको जस केपी ओलीले लिएको दाबी गरिन् । उनले विकास निर्माणको काममा नेपाली कांग्रेसले हात नहालेको आरोप लगाईन् ।
नेपाली कांग्रेसलाई यो हालतमा पुर्याउने शेरबहादुर देउवालाई कुनैपनि हालतमा अब प्रधानमन्त्री बनाउन नहुने मत राखिन् । अब कांग्रेसबाट यदि कोही प्रधानमन्त्री बन्छ भने शेखर कोइराला बन्नुपर्छ भन्ने उनको भनाई छ ।उनले भनिन्,‘अब शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ, त्यसमा मेरो पूरा समर्थन रहनेछ । सहयोग रहनेछ । फाउण्डेशनबाट पनि सहयोग रहनेछ ।’




प्रतिक्रिया